
डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो ।
सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।
पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।
भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ ।
भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०८१/८२ को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड