Logo

ताजा अपडेट

राष्ट्रिय गान
images

भरतपुर मेट्रो न्युज

images

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुरमा

शुक्रबार​ १२ वैशाख २०८२ ०५:०६ PM

चितवन, साउन ४ । पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लागेका छन् । कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा. पुनको अभियान सकारात्मक रहेको बताउनुभयो ।

images

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा  

बिहीबार १० साउन २०८१ ०२:४२ PM

भरतपुर महानगरपालिका वडा नम्बर १४ को शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । सेवाको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले दुई...

images

सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी राखेको छैन : प्रमुख दाहाल

आइतबार​ २७ माघ २०८१ ०५:०५ PM

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताउनुभएको छ । 

images

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

आइतबार​ ३० असर २०८१ ०२:३८ PM

भरतपुर महानगरपालिकाले दुर्घटनामा वेपत्ताहरु खोज कार्यका लागि घटना घटेको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरिरहेको प्रमुख दाहालले स्पष्ट पार्नुभयो । वेपत्ताको खोजी कार्यका लागि गोताखोर परिचालन भइरहेको स्थानमा निरीक्षणका साथै उद्दारमा खटिएका सुरक्षाकर्मीसँग ताजा अवस्थाबारे जानकारी लिनुभएको छ । होटल व्यवसायी महासंघले पीडित परिवारलाई खाना, बस्नका लागि प्रबन्ध मिलाइरहेको र पीडितलाई थप सहजीकरणको लागि भरतपुर महानगरपालिका तयार रहेको उहाँको भनाइ थियो । भरतपुर महानगरका प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी घटनास्थल पुग्नुभएको थियो ।

images

भरतपुर महानगरले वितरण ग¥यो रु १ करोड अनुदानको कृषि उपकरण

शनिबार २२ भदौ २०८१ ०१:२७ PM

भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताउनुभयो ।

images

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

शुक्रबार​ २ फागुन २०८१ ०५:२० PM

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालकिा उत्कृष्ट पालकिा घोषति भएको छ । राष्ट्रयि प्राकृतकि स्रोत तथा वत्ति आयोगले सार्वजनकि गरेको नतजिामा देशभरकिा अन्य छ महानगरपालकिालाई उछन्दिै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थकि वर्षसहति भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम भएको छ ।

images

भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम

आइतबार​ २ असर २०८१ ०१:२९ PM

उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।

images

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट

बुधबार ३० माघ २०८१ ०३:४४ PM

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यत्रफ्मका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।